नेपालका भाइरस नेताहरु – लक्ष्मण प्रताप कँडेल


काठमाडौ । देशले संघियता, गणतन्त्र तथा धर्म निरपेक्ष खारेज मागेको छ यो सबै नेपाली को चाहना हो , बर्तमान राजनीतिक नेतृत्व ले देशमा पक्कै हिंसा भड्किने छ यसले देशलाई क्षति अबस्य पुराउने छ । राजनीतिक स्वार्थले कम्युनिस्ट हरु देशमा बर्गीय र जातियता कुरा ल्यायर सस्तो लोकप्रियता भएपनि आज असफल बन्दै जानू नै बर्तमान राजनीतिक दल असक्षम हुनु हो ।
यिनै राजनीतिक दलले राजालाई बिना आरोप लगाए जुन आज प्रमाण दिन नसक्दा नेपाली जनता राजा ज्ञानेन्द्र शाह को पुन देशमा चाहना बढ्नुले भबिष्यमा राजनीतिक दल प्रतिबन्धित मात्रै नहोलान होइन राजनीतिक दलका नेतृत्व माथी भौतिक आक्रमण बढ्न सक्छ यो सबै बर्तमान राजनीतिक दलहरुले जिम्मा लिन सक्नुपर्छ ।
आज अदालत ले मन्त्रीहरुलाई बर्खास्त गर्दैगर्दा अब देश कता तर्फ भन्ने आम नागरिकको गुनासो रहेको छ यो राजनीतिक लडाइँ कहिले सम्म ? यता देश गरिब अशिक्षा बेरोजगार बढिरहेको छ भने अझै संकट थपिदै Covid र बाढी पहिरो ले ठूलो क्षति बनाइरहदा देशका जनप्रतिनिधि जनताका नेताहरु मोजमस्ती र सत्ता परिबर्तन कुर्सिको लडाइँ गरिरहदा के अब राजनीति हाम्रो देशको लागि स्विकार्य होला ।
प्रचण्ड र बाबुराम भट्टराई ले यो देशलाई घाटा बनाइरहदा के अब यिनीहरु सँधै खुसि भइरहलान ? माधब नेपाल केपि ओली मधेशबादी नेता कांग्रेस सभापति शेर बहादुर देउवा नेता रामचन्द्र पौडेल कृष्ण सिटौला सुजता कोइराला लगायत धेरै नेता यो देशका राष्ट शत्रु नै प्रमाणित भइसकेका छन के नेपाली नागरिक यिनीहरुलाई नेता मानिरहन सकिन्छ ? दरबार हत्याकाण्ड , मदन भण्डारी हत्याकाण्ड को छनबिन गर्न कसले रोक्यो ।
हिजो राजा ज्ञानेन्द्र शाह लाई राजा बिरेन्द्रको हत्या आरोप लगाउनेहरु आज किन छानबिन गर्दैनन ? के नेताहरुको परिवार छोरा छोरी श्रीमती नातागोता आफन्त लाई लाई सत्ता मन्त्री राजदुत बनाउन के गणतन्त्र ल्याइएको थियो त ? अब देश कसरी बन्छ ? आज राजा ज्ञानेन्द्र शाह को जुन राष्टप्रेम देखियो त्यो के हामी नेताहरुमा पाउन सक्छौ त ? के राजा ज्ञानेन्द्र शाह लाई सत्ता बाहिर राखेर के भबिष्यमा देशमा शान्ति कायम रहला ।
अब सोच्नुपर्ने भएन र ? राष्टिय एकता, सार्बभौमिकता माथि खतरा भइरहदा टुलुटुलु हेरेर बस्ने यो देशका नेताहरुमा खबरदारी ले मात्रै पुग्दैन यिनीहरुलाई नेपाली नागरिकले घोक्रेठ्याक पनि लगाउनुपर्छ यसको जिम्मेवारी म लक्ष्मण प्रताप कँडेल नेतृत्व समेत लिन पछि पर्दिन किनकी मलाई यो देश प्रेम छ मलाई यो देशभित्र बस्ने सम्पुर्ण नेपालीको माया छ त्यसैले देश र जनताको लागि म जस्तै युवाले आवाज उठाएर पुग्दैन होला ।






















