बाढी/पहिरो

कालीगण्डकी करिडोर अन्तरगत बिभिन्न स्थानमा पहिरोले सडक अबरुद्ध

नवलपुर टुडे
२०८१ असार २८ | बिहान ०९:०३ बजे
फाइल तस्बिर

नवलपुर, असार २८ । कालोगण्डकी करिडोर अन्तरगत बुलिङटार गाउँपालिका- २ मतेडाँडास्थित सडक खण्डमा लेदोसहितको पहिरो खस्दा सडक पुर्णरुपमा अबरुद्ध भएको छ ।

उक्त स्थानमा प्रहरी चौकी बुलिङटारबाट ४ जनाको प्रहरी टोली अबरुद्ध सडक खुलाउने पहल गरिरहेको छ । सो बाटो सुचारु हुन ४/५ घण्टा समय लाग्ने प्रहरीले जानकारी दिएको छ । आज बिहान परेको अबिरल बर्षाका कारण ७:३० बजे लेडोसहित आएको पहिरोले बाटो अबरुद्ध भएको हो ।

त्यस्तै नवलपुरको बौदीकाली गाउँपालिका- १ जरेबरस्थित कालीगण्डकी करिडोर गैडाकोट डेढगाउँ खडकखण्डमा पहिरो खस्न गई बाटो पुर्णरुपमा अबरुद्ध भएको छ ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय डेढ्गाउँबाट ५ जनाको प्रहरी टोली खटिगई जेसिबिको साहयताले अबरोध हटाउन पहल भईरहेको प्रहरीले जानकारी दिएको छ । सो स्थानमा अबरोध खुलाउन करिब १/२ घण्टा समय लाग्ने जानकारी दिएको छ ।

त्यस्तै गैडाकोट नगरपालिका- ३ ढोडेनी हिउँदे खोलास्थित पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएको छ । सो स्थानमा अस्थायी प्रहरी चौकी ढोडेनीबाट ५ जनाको प्रहरी टोली खटिगई जेसिबिको सहायताले बाटो खुकाउने पहल भएको प्रहरीले जानकारी दिएको छ । उक्त अबरुद्ध बाटो खुकाउन करिब ४/५ घण्टाको समय लाग्ने जनाएको छ ।

त्यस्तै बौदिकाली गाउँपालिका- २ गुरौटार बस्ने बर्ष ५५ को सन्त बहादुर बि.क.को कच्ची घर अबिरल परेको बर्षादले करिब एक मिटर भाँसिएको छ । सो घरमा दम्पती मात्र बस्दै आएका थिए। हाल उनीहरु सोही वडाका वडा सदस्य
ज्ञानीसरा बि.क.को घरमा गई बसेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु