बाढी/पहिरो

पहिरोले दुईवटा बस त्रिशूलीमा बगायो, ६५ जना यात्रुको अवस्था अज्ञात

रासस
२०८१ असार २८ | बिहान ०७:०३ बजे
फाइल तस्बिर

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन्। उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन्।

प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए। उनले भने, ‘हामी घटनास्थलमा छौँ। पानी परिरहेकाले समस्या भइरहेको छ। उद्धारको काम थालिएको छ। पहिरो पन्छाउन सुरु गरिएको छ।’

उनले ती बसमा रहेका यात्रुको  यकिन विवरण प्राप्त भइ नसकेको बताए। 

कमेन्टहरु