देश

रौतहटमा खानेपानी मन्त्री झालाई कालो झण्डा देखायो

जगत ठाडा मगर
२०७८ असार ८ | मध्यान्ह ०८:०३ बजे

सिताराम साह
रौतहट । रौतहटमा खानेपानी मन्त्री अनिल कुमार झालाई आफ्नो गृह जिल्लामा भव्य रुपमा स्वागत गरिएको छ । मन्त्री झा खानेपानी मन्त्री बनेपछि पहिलो पटक मंगलवार गृह जिल्ला रौतहट आउने क्रममा चन्द्रपुरमा नेता एवं कार्यकर्ताहरु भव्य रुपमा स्वागत गर्दै जनताहरुद्धारा उनलाई अभिन्नदन गरिएको हो ।

photo 2021 06 22 20 22 09

मन्त्री झा सदरमुकाम गौर तर्फ जाने क्रममा मध्य भाग गरुडाको झाँझ पुलमा जनता समाजवादी पार्टी उपेन्द्र यादव समुहका युवाहरुले कालो झण्डा देखाउदा तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएका थिए । पक्राउ पर्नेमा माधवनारायण नगरपालिका–३ सखुअवाका ललन यादव, गरुडा नगरपालिका–५ का विजय यादव र दिपेन्द्र यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका प्रसाद घिमिरेले बताउनु भयो ।

भव्य स्वागतको विचमा कालो झण्डाको विरोध खेप्दै गौर आईपुग्ने क्रममा मन्त्री झालाई विभिन्न चोकमा उपस्थित रहेका जनताहरु, कार्यकर्ताहरुद्धारा स्वागतको अभिव्यक्ति स्वीकादै गौर आईपुगे । विपी चोकमा पनि उनलाई स्वागत गरियो । गौर स्थित सिया प्यालेसमा स्वागत कार्यक्रम चलिरहदैको अवस्थामा सर्वोच्च अदालतमा केपी शर्मा ओलीले गरेको मन्त्री परिषद् विस्तारको निर्णय विरुद्ध प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जवरा र न्यायाधिश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलाशले जेठ २१ गते विस्तार गरिएको मन्त्री परिषद्को निर्णयलाई बदर गरिदिएको छ ।

photo 2021 06 22 20 22 12

एका तर्फ मन्त्रीलाई स्वागत अर्को तर्फ पद गुम्दाको पिडा यो सवै अदुरदर्शिता राजनितिको कारण केही दिनको लागि मन्त्री बन्ने मात्रै भएको बुझिन्छ ।

कमेन्टहरु