मौसम

आजबाट मनसुन अझ नेपालतिर सर्ने, ४३ जिल्लामा रेड अलर्ट जारी

नवलपुर टुडे
२०८१ असार २७ | बिहान ०७:०३ बजे

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुन न्यून चापिय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ ( नेपालको दक्षिण भू-भाग/सिमाना आसपास) रहेको र आजरातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको बताएको छ।

महाशाखाले असार २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने भएकाले ४३ जिल्ला उच्च जोखिममा रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।

यी हुन् उच्च जोखिममा रहेका ४३ जिल्लाः

1720658504 %E0%A4%AE%E0%A4%A8%E0%A4%B8%E0%A5%81%E0%A4%A8 %E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7 %E0%A4%AE%E0%A5%8C%E0%A4%B8%E0%A4%AE %E0%A4%AC%E0%A5%81%E0%A4%B2%E0%A5%87%E0%A4%9F%E0%A4%BF%E0%A4%A8 %E0%A5%AB Monsoon Special Weather Bulletin 5) IMAGE

महाशाखाले आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।

महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

२०८१ असार २८ गते (शुक्रवार)

दिउँसोː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।  

२०८१ असार २९ गते (शनिवार)

दिउँसोːदेशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी  प्रदेशका  एक–दुई स्थानमा धेरै भारी  वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती  र  गण्डकी  प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कमेन्टहरु