तनहुँको छिपछिपे भञ्ज्याङमा संचालित ७ दिने व्यावसायिक मौरीपालन सीप विकास तालीम सम्पन्न


खड्क पामी आले मगर
तनहुँ । देवघाट गाउँपालिकाको आयोजनामा छिपछिपे भञ्ज्याङ्गमा संचालित ७ दिने व्यावसायिक मौरीपालन सीप विकास तालिम सम्पन्न भएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय, गरिबी निवाराणको लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA)को आर्थिक तथा प्राविधिक सहयोगमा देवघाट गाउँपालिकाद्वारा आयोजित नयाँ उद्यमी सृजना कार्यक्रम अन्तर्गत तालिम सम्पन्न भएको कुरा देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्थले बताए ।

गाउँपालिकाको वडा नं २ र ३ का कृषकहरुलाई लक्षित गरि आयोजना गरेको उक्त तालिममा त्यस भेकका २५ जना मौरीपालक कृषकहरुको सहभागीता रहेको थियो ।
तालिम, छिपछिपे भञ्ज्याङ् स्थित कृषि सहकारी भवनमा ७ दिन सम्म संचालन भएको थियो । मौरी विकास केन्द्रका प्रशिक्षक यदुनाथ कंडेल र गाउँपालिकाका कृषि प्राविधिक बिपना सुबेदीले उक्त तालिमको सहजीकरण गर्नु भएको थियोे ।
एक हप्ता सम्म संचालन भएको मौरीपालन सीप विकास तालीमले आफुहरुमा ठुलो उत्साह जागेको सहभागी छवि आलेले बताए । शुक्रबार समापन समारोहमा बोल्दै अध्यक्ष थापाले भन्नू भयो, देवघाट गाउँपालिकाको वडा नं.२ र ३ को संगम स्थाल घण्टाचुली क्षेत्र मौरी चरणको लागि उपयुक्त हावापानी, अनुकुल वातावरणर र प्रशास्त बनजंगल रहेकोले आफुले मौरिपालन पकेट क्षेत्रको रुपामा यो क्षेत्रलाई छानेको कुरा बताउनु भयो।

प्रशस्त मात्रमा जडिबुटीयुक्त वन जंगल भएकोले यस क्षेत्रबाट उत्पादित मौरीमहको राम्रो भबिस्य रहेको कुरा पनि गर्नु भयो । समापनको दिन सबै सहभागीलाई रु.६ हजार ५००सय बरोबारको मौरी सामग्री र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा देवघाट गाउँपालिका कृषि शाखा प्रमुख पुर्णचन्द्र घिमिरे, घण्टाचुली पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष एवं कछार हनी एण्ड बी फार्मिङका संचालक खड्क पामी आलेले शुभकामना मन्तव्य दिनु भएको थियो । समापन कार्यक्रम, देवघाट गाउँपालिकाका कार्यपालिका सदस्य एवं वडा नं. ३ का याम माया गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।






















