अग्रवाललाई सोमवार साँझ विराटनगर–१७ बाट सशस्त्र प्रहरीले भारतीय ३ लाख १७ हजार रूपैयाँसहित नियन्त्रणमा लिएको हो। भारतको जोगबनीबाट विराटनगर–१७ मटेरुवा हुँदै प्रदेश १–०२–०५१ प १९३९ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका अग्रवालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित भारतीय नोट बरामद भएको सशस्त्र प्रहरी बल मोरङका निमित्त प्रमुख डिएसपी लोकनाथ उप्रेतीले जानकारी दिए। अग्रवालको साथबाट ५ सय दरका ४ सय वटा भारतीय नोट बरामद भएको डिएसपी उप्रेतीले बताए।
त्यस्तै, प्रतिबन्धित भारतीय नोटसहित नेपाल प्रवेश गरेका भारतीय नागरिक केडियालाई भारतीय एक लाख १७ हजार चार सय ४४ रूपैयाँसहित पक्राउ गरिएको डिएसपी उप्रेतीले बताए। उनका अनुसार जोगबनीबाट पैदल नेपाल आउँदै गरेका केडियालाई विराटनगर–१५ स्थित २ नम्बर ढाटबाट पक्राउ परेका हुन्। केडियाको साथबाट पाँच सय दरका एक सय ८१, दुई सय दरका ६०, सय दरका एक सय १५, ५० दरका ४० थान, २० दरका ३६ र १० दरका ४० थान भारतीय नोट र भारतीय सिक्का बरामद गरिएको थियो।
पक्राउ परेका अग्रवाल र केडियाको साथबाट बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुनसक्ने आशंका छ। दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। नेपालमा ५ सयमाथिका भारतीय नोट प्रतिबन्धित छ।

























