पाल्पामा एक महिला मृत फेला, अनुसन्धान जारी

नवलपुर टुडे
२०८१ असार २५ | बिहान ११:०३ बजे

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–५ स्थित झुम्सा खोलामा एक महिला मृत फेला परेकी छन् ।
सोही वडाको गणबास भन्ने स्थानमा बस्ने २८ वर्षीया खुमिसरा बाह्रघरे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
उनी सोमबार बेलुकी साढे ७ बजे मृत फेला परेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको डिएसपी श्रेष्ठले बताए ।
उनका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।























