इलाममा संक्रमण दर बढ्दै, मंगलबार ४३ जनामा संक्रमण पुष्टि

जगत ठाडा मगर
२०७८ असार ८ | मध्यान्ह ०५:०३ बजे

इलाम । इलाममा पुनः कोराना संक्रमण दर बढ्दै गएको छ । निषेधाज्ञा केही खुकुलो गरेसँगै संक्रमण दर पनि बढ्दै गएको स्वास्थ कार्यालयले जनाएको छ ।
केही दिनअघि संक्रमितको संख्या ७ जनासम्ममा झरेको थियो भने मंगलबार बढ्दै गएर ४३ जना संक्रमण थपेको छ ।
मंगलबार इलाम नगरपालिकामा १६ जना, माइनगरपालिकामा १६ जना, रोङमा ७ जना, सूर्योदय नगरपालिकामा २ जना र माङसेबुङमा १ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
अहिले सम्म संक्रमणका कारण जिल्लामा मृत्यू हुनेको संख्या ४० पुगेको छ ।






















