मौसम

सातै प्रदेशमा बिहानैदेखी वर्षा, कोशीमा धेरै बर्षा सम्भावना

नवलपुर टुडे
२०८१ असार २५ | बिहान ०६:०३ बजे

काठमाडौं । केही प्रदेशमा बिहानैदेखि वर्षा सुरु भएको छ । धेरैजसो स्थानमा बदली हुँदा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, मधेस र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।   

विभागले राति देशभर साधारणदेखि पूर्णतया बदली रहने जनाएको छ । कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

कोसी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागका जनाएको छ ।

 

कमेन्टहरु