रौतहटको छुट्टाछुट्टै स्थानमा दुईजनाको शव फेला

अशोक यादव
२०८१ असार २४ | मध्यान्ह ०४:०३ बजे

रौतहट । रौतहटको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ । माधव नारायण नगरपालिका- ९ गढो गाउँ नजिकै बागमती नदी किनारमा आइतबार एक जना पहिचान नखुलेको अन्दाजी ५३ वर्षीय पुरुषको शव फेला परेको छ ।
सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले उक्त शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ । त्यस्तै यमुनामाई गाउँपालिका ४ स्थित साँझ खोला किनारमा पनि आज एक जना अपरिचित ३० बर्सिया महिलाको शव फेला परेको छ।
स्थानीयको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र हेक्वाबाट गएको संयुक्त टोलीले महिलाको शव पनि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।























