काठमाडौं उपत्यका आउन र बाहिर जान प्रशासनको पास अनिवार्य, सर्बसाधरणलाई सास्ती

जगत ठाडा मगर
२०७८ असार ८ | मध्यान्ह ०५:०३ बजे

काठमाडौ । उपत्यका आउन र उपत्यका बाहिर जान अब जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र काठमाडौं उपत्यका छिर्न पाइने भएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति लिएर अत्यावश्यक काममा उपत्यका छिर्न पाइने बताएको हो ।
मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिस सहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत गर्न पाइने जनाएको हो ।
उपत्यकामा लकडाउन खुकुलो गरि जोरबिजोर प्रणाली लागू गरेपनि सर्बसाधरणलाई भने निषेधाज्ञा अबधी जस्तै भएको गुनासो छ । साथै, स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाइने आदेश पनि प्रशासनले जारी गरेको छ ।






















