दुर्घटना

चितवनमा काकडभिट्टाबाट बाग्लुङ जाँदै गरेको बस दुर्घटना, आठ जना घाइते

नवलपुर टुडे
२०८१ असार २४ | बिहान १०:०३ बजे

चितवन, असार २४ । काकडभिट्टाबाट बाग्लुङ जाँदै गरेको प्र१–०१–००१ ख ४३८० नम्बरको यात्रु बस चितवनको खैरहनीमा दुर्घटनामा परेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–८ स्थित सडक छेउको कल्भर्टमा गएराति ३ बजे बस ठोक्किँदा आठ जना यात्रु घाइते भए छन् । स्थानीय चौधरी मेडिकलमा उपचार पश्चात पाँच जना डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ ।

पाँच जनाकाे बकुलहर अस्पताल टाँडीमा उपचार भइरहेकाे प्रहरीले बताएकाे छ । बस चालक झापा अर्जुनधारा गाउँपालिका–११ बस्ने बर्ष ४० को मधुसुदन नेपाललाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाबाट बसमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु