देश

नवलपुरको विनयी त्रिवेणीमा पौडी खेल्ने क्रममा डुबेर, बझाङका एक युबाको मृत्यु

जगत ठाडा मगर
२०७८ असार ८ | मध्यान्ह ०५:०३ बजे

नवलपुर । पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ३, स्थित होङ्सी गेट नजिकै डुमे्रखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

मंगलबार दिउँसो बझाङ बेहुलीकोट बस्ने २१ वर्षीय लक्ष्मण बोहोराको डुबेर मृत्यु भएको हो । उनी ट्रक सहचालक रहेको प्रहरीले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी निरीक्षक मधुसुधन सिंहका अनुसार डुमे्र खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका बोहोराको खोज तलासका क्रममा शव भेटिएको हो ।

कमेन्टहरु