आज ४ हजार ५२२ संक्रमण थपिए, ४ हजार ९५४ जना संक्रमणमुक्त

जगत ठाडा मगर
२०७८ असार ८ | मध्यान्ह ०५:०३ बजे

काठमाडौं । १६ हजार ९१३ वटा नमूना परीक्षण गराउँदा ४ हजार ५२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका १२ हजार २०४ नमूनाको पीसीआर र ४ हजार ५०९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ४१ जनाको मृत्यु भएको छ।






















