घटना

नवलपुरको कावासोतीमा करेन्ट लागेर एक पुरुष घाइते

नवलपुर टुडे
२०८१ असार २० | बिहान ०६:०३ बजे

नवलपुर, असार २० । नवलपुरको कावासोतीमा करेन्ट लागेर एक पुरुष घाइते भएका छन् ।

कावासोती नगरपालिका – १४ कलकत्ते चोक स्थित नारायण सुनारको घरमा बिजुली बनाउने क्रममा सोही ठाउँको थारुडण्डा बस्ने वर्ष ३५ को जोगनारायण महतो करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

महतोको मध्यविन्दु अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर रिफर गरिएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु