नवलपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ३ जना घाइते


नवलपुर, असार २० । नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
कावासोती नगरपालिका – २ कुमारवर्ती बहुमुखी क्याम्पस अगाडी भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग.प्र.०४-००१प ४९४३ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित ३ जना घाइते भएका हुन् ।
घाइते हुनेमा चालक कावासोती नगरपालिका – ४ बस्ने वर्ष १६ को उत्तम कार्की, मोटरसाइकलमा पछाडी सवार.तनहुँको घिरिङ गाउँपालिका १ बस्ने वर्ष १७ को दिनेश कुमाल र पैदल यात्री.रौतहटको राजपुर नगरपालिका – ८ बस्ने वर्ष ३२ को शेक ओजिल अन्सारी रहेका छन् ।
कार्कीको अवस्था अचेत, कुमालको मध्यम र अन्सारीको बायाँ खुट्टा फ्याक्चर भएर अवस्था गम्भीर रहेको नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।
घाईतेहरुलाई उपचारको लागी कालीगण्डकी अस्पताल कावासोती पठाइएको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।























