युथ वेल्फेर सोसाइटीद्वारा जहदी प्रहरी चौकीलाई स्वास्थ्य सामाग्री सहयोग


कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिका स्थित पकडीमा रहेको युवा कल्याण समाज संस्थाले ( Youth welfare society) कपिलवस्तु नगरपालिका वडा नं.११ मा रहेको अस्थायी प्रहरी चौकीलाई स्वास्थ्य समाग्री सहयोग गरेको छ ।
कपिलवस्तु पत्रकार इमरान हुसैनको पहलमा १० लि. ह्यान्डवास,२ लि. स्यानिटाईजर,५ बन्डल सर्जिकल माक्स र ५ थान N95 माक्स युवा कल्याण समाज संस्थाले सहयोग गरेको छ ।
कोरोना महामारीको यो दोस्रो लहरले अर्थात (Corona coverient ) धेरै ठूलो मानविय क्षति पुर्याइसकेको छ । यो महामारीमा सुरक्षाकर्मीहरु पनि अग्रपंक्तिमा खटिएकाले यो संस्थाले स्वास्थ्य समाग्री सहयोग गरेको भनी संस्थाका अध्यक्ष मोहम्मद वकिल मुसलमानले बताउनु भयो ।
कोरोना महामारीले विश्वलाई नै अक्रान्त बनाएको अवस्थामा युवा कल्याण समाजको कार्यप्रती अस्थायी प्रहरी जहदीका असई रामबहादुर दरैले खुसी व्यक्त गर्नु भएको छ ।
त्यसैगरि राष्ट्र र जनताकालागी आवश्यक पर्ने सहयोग हरेक समय यो संस्थाले अग्रपंक्तिमा रहि भूमिका निभाउन तयार रहेको भनि संस्थाका उपाध्यक्ष वलिउद्दिन मुसलमानले बताउनु भयो । साथै यो महामारीमा दिनरात सेवामा खटेका स्वास्थ्यकर्मि, सुरक्षाकर्मी, संचारकर्मी, सरकारी पदाधिकारीहरु लगायतलाई धन्यवाद ब्यक्त गर्नु भएको छ ।






















