तीन दिन अघि नारायणी नदीमा डुबेर बेपत्ता भएका बालकको शव फेला


नवलपुर, असार १५ । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं ६ राम मन्दिर नजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका बालकको शव भेटिएको छ ।
गैंडाकोट – ६ गैह्रिका नेत्र बहादुर नेपालीको छोरा ८ वर्षका युनिस नेपाली असार १२ गते साँझ नारायणी नदीमा डुबेर बेपत्ता भएका थिए । अन्य दुई जना साथीसंगै घर नजिकै रहेको नारायाणी नदी किनारमा राखेको डुंगामा खेल्ने क्रममा युनिस चिप्लिएर नदीमा खसेर बेपत्ता भएका थिए ।
उनीसँगै खेल्न गएका २ जना बालकले घरमा गई खबर गरेपछि प्रहरीले बालकको खोजी कार्य जारी राखेको थियो । बालकको शव आज (शनिबार) बिहान १० बजे घटनास्थल भन्दा दुई किलोमिटर तल नदी किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिए ।
युनिसको शव पोस्टमार्टमका लागी जिल्ला सरकारी अस्पताल भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।























