समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ

नवलपुर टुडे
२०८१ असार १५ | मध्यान्ह १२:०३ बजे

काठमाडौं, असार १५ । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले फरार रहेका बेचन झालाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ ।

कमेन्टहरु