समाचार

माग्ने निहुँ बनाएर चोरी गर्दै हिँड्ने दुई भारतीय नागरिक पक्राउ

नवलपुर टुडे
२०८१ असार १४ | मध्यान्ह ०३:०३ बजे

काठमाडौँ, असार १४ । माग्ने निहुँ बनाएर चोरी गर्दै हिँड्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको हरियाण कर्नाल घर भएका २६ वर्षीय देवु दया र सोही ठाउँकी जेलिना नाम बताउने ४० वर्षीया महिला छिन् ।

उनीहरूमाथि दुई दिनअघि काठमाडौंको सेतापुल नजिक डेरा लिएर बस्दै आएकी ३५ वर्षीया उर्मिला श्रेष्ठको कोठामा माग्न आएको निहुँ पारेर श्रेष्ठले कानमा लगाएको सुनको रिङ चोरी गरी फरार भएको आरोप छ ।

उनीहरूको साथबाट चोरी भएको सुनको रिङ समेत बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।

कमेन्टहरु