दुर्घटना

रामेछापमा बस दुर्घटना हुँदा १० जना घाइते

नवलपुर टुडे
२०८१ असार १४ | बिहान १०:०३ बजे

रामेछाप, असार १४ । रामेछापमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

शुक्रबार बिहान साढे ८ बजे रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ गैरीबाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस खिम्तिस्थित केउरिनि बिर्तामा दुर्घटना भएको हो ।

घाइते हुनेमा चालक सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ पिस्करका ४० वर्षीय यादव खत्री, गाडीका साहु दोलखा भिमेश्वर नगरपालिका-५ का ४२ वर्षीय दीपक श्रेष्ठ र यात्रुउहरु २१ वर्षीया सबिना श्रेष्ठ, उनकी छोरी १ वर्षीया सुजता श्रेष्ठ, ४२ वर्षीय साबित्रा घिमिरे, ५७ वर्षीय मानबहादुर श्रेष्ठ, ५० वर्षीय टेक बहादुर श्रेष्ठ, १९ वर्षीय झलकबहादुर श्रेष्ठ, ४४ वर्षीया शंक कुमारी तामाङ र ४१ वर्षीया सकुन्तला श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर कौशल न्यौपानेले जानकारी दिए ।

उनका अनुसार कच्ची सडक भासिएर बस सडकबाट करिब २० मिटर तल खसेको हो । गाडीमा १० जना सवार थिए । 

कमेन्टहरु