दुर्घटना

काठमाडौंमा कलभर्टमा कार खस्दा चालकको मृत्यु

नवलपुर टुडे
२०८१ असार १४ | बिहान ०८:०३ बजे

काठमाडौं, असार १४ । काठमाडौंको नागार्जुन नगरपालिका – ६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा कार खस्दा चालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे २ बजे बाप्र ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खसेको थियो । उक्त दुर्घटनामा चालक नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४०/५० वर्षका पूर्ण दर्नालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।  

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर तीन घन्टापछि कार चालकलाई बिहान साढे ५ बजे उद्धार गरेको थियो । उद्धारपश्चात उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बिहान ५:४५ बजे दर्नाललाई चिकित्सकले मृत घोषणा गरेको हो ।

कमेन्टहरु