नगरक्षेत्रका स्थायी बासिन्दाको मृत्यु भए किरिया खर्च नगरपालिकाले दिने

रासस
२०८१ असार १३ | बिहान ०८:०३ बजे

यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने छ । नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार किरिया खर्च शीर्षकमा पालिकाल १० लाख विनियोजन गरेको छ ।
चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गर्न पनि रकम विनियोजन गरिएको छ। टोखाको चाकुलाई देश तथा विदेशमा प्रचार गर्न स्तम्भ सहयोगी हुने उनको विश्वास छ ।
यसैगरी ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै मठमन्दिर, विद्यालयलगायत सबै सार्वजनिकस्थलमा बत्ती जडान, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घर संरक्षण, ‘मेयर दीर्घायु कार्यक्रम’को निरन्तरता तथा उपप्रमुखसँग बालबालिका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको जानकारी उनले बताए ।























