हुन्डाईकाे एसयूभी प्यालिसेड नेपालमा, कति मूल्य पर्छ ?

जगत ठाडा मगर
२०७८ असार ८ | मध्यान्ह १२:०३ बजे

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड नेपालमा भित्र्याएको छ ।
कम्पनीका अनुसार यो गाडी सात सिटे प्रिमियम एसयूभी हो । यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
कोरियामा निर्मित प्यालिसेड नेपाली बजारमा २/२ लिटरको डिजेल इन्जिन अप्सनमा आउनेछ। ३८ सय सिसी इन्जिनयुक्त यो गाडीले ५०० आरपीएममा २८७ बीएचपी अधिकतम पावर जेनरेट गर्छ ।
एसयूभी सेगमेन्टअन्तर्गतको यो गाडीमा आठ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ । नेपाली बजारमा यो एसयूभीको शुरुवात मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।






















