लमजुङ पहिरो अपडेट : बेपत्ता चारै जनाको शव भेटियो

नवलपुर टुडे
२०८१ असार १२ | मध्यान्ह ०१:०३ बजे

लमजुङ, असार १२ । लमजुङमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ४ जनाको शव भेटिएको छ ।
क्व्होलासोथार गाउँपालिका-३ उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरोले तीन घर बगाउँदा पहिरोमा परेर बेपत्ता भएका ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङको शव भेटिएको हो ।
पच्युटोलमा गए राति भारी वर्षासँगै गएको पहिराले तीन घर पुरिँदा चार जना बेपत्ता भएका थिए भने एकजना घाइते भएका थिए ।























