समाचार

नवलपुरमा धान रोप्ने क्रममा चट्याङ लागेर एक महिला गम्भीर घाइते

नवलपुर टुडे
२०८१ असार १२ | मध्यान्ह ०१:०३ बजे

नवलपुर, असार १२ । नवलपुरमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छिन् ।

कावासोती न.पा.१४ अग्यौलीस्थित बुद्धिराम महतको खेतमा धान रोप्ने क्रममा अचानक परेको चट्याङ लागेर सोही ठाउँकी ४६ वर्षीया दिल कुमारी थरुनी गम्भीर घाइते भएकी हुन् ।

उनको अवस्था अचेत रहेको र उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

कमेन्टहरु