कपिलवस्तुमा चट्याङ लागेर दुई युवकको मृत्यु

नवलपुर टुडे
२०८१ असार १२ | मध्यान्ह ०१:०३ बजे

कपिलवस्तु, असार १२ । कपिलवस्तुमा चट्याङ लागेर दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार
यशोधरा गाउँपालिका वडा नं.६ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नं.१० प्रेमनगरका १८ वर्षीय राजु ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर वलीले जानकारी दिए ।
पानी परेको समयमा घर नजिककैको खेतमा गएका बेला महेश कलवारको चट्याङ्ग परेर घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी राजु ठाकुरको पनि घर बाहिर खेततर्फ जाँदै गर्दा बाटोमै चट्याङ्ग परेर मृत्यु भएको डिएसपी वलीले बताए ।
मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।























