समाचार

रोल्पामा चट्याङ लागेर नन्द भाउजूको मृत्यु

नवलपुर टुडे
२०८१ असार १२ | बिहान ०८:०३ बजे

रोल्पा, असार १२ । रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

मध्यराति सुतिरहेको अवस्थामा चट्याङ लागेर सुनछहरी गाउँपालिका वडा नं ३ भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको मृत्यु भएको हो । मृतकहरू नाताले नन्द-भाउजू हुन् ।

मंगलबार १ बजेतिर उनीहरूको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी)भरत लामाले जानकारी दिए । डिएसपी लामाका अनुसार जाइताका श्रीमान बागलुङबाट घर आउन लागेकाले घटनास्थलबाट अझै शव उठाइएको छैन ।

उनी बागलुङमा मजदुरी गर्न गएको प्रहरीले बताएको छ । घरमा जाइता, गोमाला र जाइताका ६ वर्षीय छोरा बस्दै आएका थिए । छोरा सकुशल रहेको डिएसपी लामाले जानकारी दिए ।

कमेन्टहरु