भ्रष्टाचार, समाचार

मुख्यसचिव अर्यालसहित १२ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर, साढे ३८ करोड भन्दा बढी बिगो दाबी

नवलपुर टुडे
२०८१ असार ९ | मध्यान्ह ०४:०३ बजे

काठमाडौं, असार ९ । नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्य कोषमा करोडौं रुपैयाँ क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै शुक्रबार अख्तियारले मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा भर्खर पेश गरिएको अभियोगपत्र अनुसार रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाइएको छ ।

उक्त मुद्दामा प्रतिवादीबाट ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरिएको छ । मुद्दा दर्ता भएसँगै मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् ।

कमेन्टहरु