कपिलवस्तुमा निषेधाज्ञा असार १४ गते सम्म

जगत ठाडा मगर
२०७८ असार ७ | मध्यान्ह ०८:०३ बजे

मोहम्मद इरफान मन्सुरी
कपिलवस्तु । विश्वमा महामारीको रुपमा रहेको कोरोना भाईरसले गर्दा कपिलवस्तुमा फेरि निषेधाज्ञा थपिएको छ । असार १४ गतेसम्म निषेधाज्ञा थपिएको हो ।

जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्तिमार्फत् जानकारी गराउँदै विगतको तुलनामा निषेधाज्ञा केही खुकुलो गराइने जनाएको छ । साथै शैक्षिक संस्था, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, स्वीमिङ पुल, यात्रुबाहक लगायत सुविधा यथावत रोक लगाइएको छ ।

विवाह ब्रतबन्धमा १५ जना भन्दा बढी सहभागी नहुने गरी सम्पन्न गर्ने, मालपोत नापी,जिल्ला प्रशासन कार्यालय लगायतका सरकारी कार्यालय सेवा प्रदानमा स्वास्थ्य मापदण्ड अपनाएर गर्ने, अतिआवश्यक भौतिक, कृषि, खाद्यन्न सामाग्री किनमेल गर्नमा रोक लगाइएको छैन ।






















