बुलिङटारमा ट्याक्टरबाट खस्दा एक किशोरीको मृत्यु

नवलपुर टुडे
२०८१ असार ७ | मध्यान्ह ०२:०३ बजे

नवलपुर, असार ७ । नवलपुरको बुलिङटार गाउँपालिकामा ट्रयाक्टरबाट खसेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुलिङटार गाउँपालिका- ५ का १८ बर्षकी किशोरी बिरमाया सारु मगर रहेको छ । उनी ट्याक्टरमा चैते धान लिन खेतमा गएका थिए ।
बुलिङटार गाउँपालिका- ५ को सान्डाँडाबाट खहरे तर्फ जाँदै गरेको लु ५ त ६५९ नं को ट्रयाक्टरबाट खस्दा सोही ट्याक्टरको पछाडिको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको कार्यालयका सुचना अधिकारी बेदबहादुर पौडेलले जानकारी दिएको छ ।
घटना सम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले ट्याक्टर धनी सम्पर्कमा आएको र ट्याक्टर चालक फरार रहेको पौडेलले बताए ।























