बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी

नवलपुर टुडे
२०८१ असार ६ | मध्यान्ह ०८:०३ बजे

बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ । केही बेर अघि लागेको आगो निभाउने प्रयाप्त भइरहेको प्रहरीले जनाएको छ ।.
डेल्टा कम्प्लेसको चौथो तल्लामा लागेको आगो बुटवल उपमहानगर पालिका नेपाल प्रहरी र स्थानीय वासिन्दाको प्रयासमा निभाउने प्रयास भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
‘डेल्टाको सबैभन्दा माथिल्लो तल्लाबाट आगोको ज्वाला निस्केको छ’, पण्डितले भने, ‘अहिले बुटवलको मिलनचोक क्षेत्रको आकाशमा धुँवाको कालो मुस्लोले भरिएको छ ।’
‘उक्त कम्प्लेक्समा नेपाली जुत्ताघर, लुगाघर, पठनपाठन, खेलकुद, खाद्यान्न लगायतका सामाग्रीहरुका पसल छन्,’ उनले भने, ‘डेल्टाकाे सबैभन्दा माथिल्लो तल्लाबाट आगाेकाे ज्वाला निस्केर आगलागी भएको रहेछ।’
अहिले आगलागीका कारण मिलनचोक क्षेत्रको आकाश धुँवाकाे कालाे मुस्लोले भरिएको छ।























