घटना

नवलपुरको मध्यबिन्दुमा चितुवाको आक्रमणबाट ६ जना घाईते, आक्रमण गर्ने चितुवालाई स्थानीयले मारे

नवलपुर टुडे
२०८१ असार ६ | मध्यान्ह ०१:०३ बजे

नवलपुर, असार ६ । पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका- ८ रानीटारस्थित देवकोटा चोकमा स्थानीय बासिन्दालाई झम्टिँदा गाउँलेले प्रतिकार गर्दा चितुवा मरेको छ ।

चितुवाको आक्रमणमा ६ जना स्थानीय बासिन्दा घाइतेसमेत भएका छन् ।  घाईते हुनेमा राम बहादुर खत्रीको श्रीमती वर्ष-४५ की देवा ठकुरी, वर्ष-३२ को सुनिल जैसवाल, वर्ष-२९ की रुपा कुमाल, वर्ष-१९ को अमृत चौधरी, बस्ने वर्ष-२२ को रोशन कुमाल र बर्ष-२२ को अमृत महतो रहेका छन ।

घाइतेमध्ये दुईजना जनालाई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पठाएको छ भने अन्य चार जनाको स्थानीय मेडिकलमा उपचार भैइरहेको कार्यालयका सुचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिए ।

गएराति एउटा घरभित्र उक्त चितुवा छिरेको थियो । घरबाट निस्कँदा बाहिर भेला भएका गाउँलेलाई आक्रमण गरेको चितुवा खेतमा बसेको थियो । स्थानीय धनप्रसाद पाण्डेका अनुसार देवकोटा चोकको एक घरमा चितुवा पसेको हो ।

जिल्ला प्रहरी, वन कार्यालयमा चितुवाले आतंक मच्चाएको बारेमा जानकारी गराएको ६ घण्टासम्म पनि उद्धारका लागि कोही नआएपछि गाउँलेले लठ्ठी र ढुंगाले हानेर चितुवा भगाउन खोजेको स्थानीयले जानकारी दिएका छन् ।

त्यसको केही समयपछि चितुवा मरेको गाउँलेले बताएका छन् । ‘चितुवाले ६ जनालाई घाइते बनायो भन्ने सुनेको छु,’ डिभिजन वन कार्यालयका प्रमुख वसन्त अधिकारीले भने ‘अहिले गाउँलेले नै हानेर मारेछन् भन्ने खबर पाए । त्यहाँ उद्धारको टोली जाँदै थियो ।’

 

कमेन्टहरु