देश

पोखरीमा रुमलिएको कहाली लाग्दो तराई बस्ती

जगत ठाडा मगर
२०७८ असार ७ | मध्यान्ह ०२:०३ बजे

बिनोद मण्डल
सिरहा । घर घरमा सिंहदरवार नेपाललाई स्विजरल्याण्ड बनाइदिने प्रस्ताव ल्याउने नेता र मधेशको कथित विकासमा बजेट निकासा गर्ने तालुकदार निकाय अनि आफूलाई विकासको मार्गमा उभ्याउने चतुर भाषाक नेताहरुलाई यो दृश्यले के बताउँछ ?

photo 2021 06 21 13 59 34

यिनै सेरोफेरोमा रुमलिएका मधेशका बस्तीहरु वर्षा याम अगाडि पोखरी बन्दा स्थानिय सरकारको ध्यान कतातिर बजेट निकासा भएकै होला, ईस्टीमेट बनेकै होला, उपभोग्ता समिति गठन गरिएको होला । निरीक्षणको जिम्मेवारी बहन भएकै होला भत्तिमा गएर आपसी विवादका कुराहरु मिलेता पनि पोखरी र जनताको सास्ती भने नछेकिनु वास्तविकता बाहिर आउनु हो ।

पटक पटक बाटोको लागि बजेट बिनीयोजन गरेर चुहाएर बाटो मर्मत नहुनु घृणित कार्य हो । जनकपुर धामको उत्तरतिर पर्ने धनुषा जिल्लाको लक्षमिनिया गाउँपालिका वडा नं १ सिनर्जोडा गाउँको मूल सडकमा पोखरी बन्दा बालबालिका डुब्ने संकेत र आवत जावतमा उत्पन्न कठिनाई पनि रिदयबिदारक भएको यो ठाउँ प्रदेश नं २ को कथित राजधानी शहर जनकपुरको ५ किलोमीटर उतरमा रहेको छ ।

हुनत यो ठाउँ पुर्व राष्ट्रपति रमबरण यादबको छिमेकी गाउँ पनि हो । राजनेताहरु आपसी विवादमा पर्दा स्थानिय जनताले सास्ती भोग्नु परेको न्यायोचित नभएकोले तत्काल सम्बन्धित निकायले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

कमेन्टहरु