गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार(पूर्णपाठ)

नवलपुर टुडे
२०८१ असार १ | मध्यान्ह ०६:०३ बजे

पोखरा, असार १ । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि कूल ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बजेट ल्याएको छ । शनिबार प्रदेशसभा बैठकमा आर्थिक योजना मन्त्री डा.टंकराज गुरुङले आर्थिक वर्ष २०८१/८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
सोमध्ये चालु खर्चतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ, पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७८ लाख ९३ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको आर्थिक योजना मन्त्रीले जानकारी दिए ।
सोमध्ये खर्च अपुग हुने १ करोड ७६ लाख ११ हजार रुपैयाँ प्रदेश सञ्चित कोषमा व्ययभारमा हुने समेत उनले जानकारी दिए ।
यो चालू आर्थिक वर्षभन्दा ४५ करोड कम हो । चालू आर्थिक वर्षमा गण्डकी सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख बजेट ल्याएको थियो ।























