गण्डकी प्रदेश, स्वास्थ्य

जेष्ठ नागरिकको स्वास्थ्य प्रबर्द्धन तथा औषधि वितरण सम्बन्धि कार्यक्रम अर्बेनीमा सम्पन्न

अमृत भट्टराई
२०८१ जेष्ठ २९ | मध्यान्ह ०३:०२ बजे

गुल्मी, जेठ २९ । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा २ अर्बेनीमा कालीगण्डकी गाउँपालिका आयुर्वेद शाखा पुर्तिघाटको आयोजनामा जेष्ठ नागरिकको स्वास्थ प्रबर्द्धन तथा औषधि वितरण सम्बन्धि कार्यक्रम सोमबार अर्बेनी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।

उक्त शिविरमा १०७ जना जेष्ठ नागरिक र सुत्केरी १५ जना गरि जम्मा १२२ जनालाई चेकजाँच गरेर आयुर्वेद औषधि वितरण गरिएको कालीगण्डकी गाउँपालिका आयुर्वेद शाखा पुर्तिघाटको प्रमुख हरि प्रसाद पन्थीले जानकारी दिए । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नम्बर २ का वडा अध्यक्ष, जनप्रतिनिधि, स्थानीय लगाएको उपस्थिति रहेको थियो ।

कमेन्टहरु