घटना

तिनाउ खोलामा डुबेर ३ दिनमा ३ जना भारतीय नागरिकको मृत्यु

नवलपुर टुडे
२०८१ जेष्ठ २९ | बिहान ०५:०२ बजे

पाल्पा, जेठ २९ । पाल्पाको तिनाउ खोलामा डुबेर फेरि एक जना भारतीय नागरिकको मृत्यु भएको छ । तीन दिनदेखि लगातार तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ ।

सोमबार बेलुकी तिनाउ गाउँपालिका–३, स्थित लामेदमार नजिकै तिनाउ खोलामा डुबेर भारत महाराजगन्ज बोधनियथाना बसहिया बस्ने २३ वर्षका मुकुन्द शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन जना साथीसँगै पौडी खेल्ने क्रममा डुबेका शर्मालाई उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

यसअघि जेठ २६ र जेठ २७ गते सो क्षेत्रमा डुबेर दुई जना भारतीय नागरिकको ज्यान गइसकेको छ ।

कमेन्टहरु