गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासकाे मत

नवलपुर टुडे
२०८१ जेष्ठ २८ | मध्यान्ह ०५:०२ बजे

पोखरा, जेठ २८ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्यो भने विपक्षमा २८ मत परेको छ ।
पाण्डेलाई नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी(नेसपा)का सांसद फणीन्द्र देवकोटाले मत दिएका हुन् ।
एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यले पाण्डेको विपक्षमा मत दिएका थिए ।
सर्वोच्च अदालतको परमादेशबाट जेठ १६ गते सदनको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।























