कावासोतीमा कार्यालय रहेको छिपछिपे सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका ७ जना कारागार चलान


नवलपुर । कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता संस्थाको रकम हिनामिना आरोपमा जिल्ला अदालत पूर्वीनवलपरासीले ७ जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । ३ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट आइतबार सहकारीका व्यवस्थापक योगेन्द्र पाण्डे, नगेन्द्र रिमाल, संजीवकुमार महतो, कृष्णप्रसाद ज्ञवाली, ढुण्डीराज गौतम, विकास सापकोटा, शिवलाल लामिछानेलाई पुर्पक्षका लागि कारागार थुनामा पठाइएको हो ।
जिल्ला न्यायाधिवक्ता हरि घिमिरेका अनुसार उनीहरु मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामा रहने छन् । उनीहरुले आफूहरु विरुद्धको मुद्दामा उच्च अदालतमा पुनरावेदन गर्न भने पाउने छन् । छिपछिपे सहकारीको १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोपमा अघिल्लो साता जिल्ला अदालतमा उनीहरुलाई विपक्षी बनाएर मुद्दा दायर भएको थियो ।























