देश

मलामी गएर फर्कनेक्रममा भीरबाट लडेका मीनबहादुर धामी अझै भेटिएनन

जगत ठाडा मगर
२०७८ असार ६ | बिहान ०८:०३ बजे

बझाङ । भीरबाट लडेका दुर्गाथली गाउँपालिकाका- ३ का ४० वर्षीय मीनबहादुर धामी अझैं फेला पर्न सकेका छैनन् । असार ३ गते बेलुका ६ बजे जेठाबुबा रामबहादुर धामीको मलामीबाट घर फर्कने क्रममा उनी भीरबाट लडेका थिए ।

उनको खोजिकार्य गर्दा पनि अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । उनी स्थानीय धउलावन भीरबाट लडेर बेपत्ता भएका थिए ।

उनको खोजीमा नेपाल प्रहरी र नेपाल सेना खटिए पनि फेला पार्न नसकेको डिएसपी रुपक खड्काले बताए ।

खोजी कार्य जारी रहेको भएपनि भीर ठूलो र अफ्ठ्यारो भएकाले खोजी कार्यमा समस्या भएको डिएसपी खड्काले बताए ।

कमेन्टहरु