दुर्घटना

अर्घाखाँचीमा ट्रकको ठक्करबाट स्कुटर चालक घाइते

नवलपुर टुडे
२०८१ जेष्ठ २१ | बिहान ११:०२ बजे

अर्घाखाँची, जेठ २१ । अर्घाखाँची ट्रक र स्कुटर एक आपसमा ठोक्किँदा एक जना घाइते भएको छ ।

सन्धिखर्क नगरपालिकाको बसपार्क नजिकै ठाडो उकालो घुम्टिमा लु २ ख १६४९ नम्बरको ट्रक र लु५४ प ४६४७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक घाइते भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक सन्धिखर्क नगरपालिका वडा नम्बर १ बसपार्क बस्ने माधबी भुसाल रहेकी छिन् । उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु