घटना

दाङमा हावाहुरीले घर भत्किदा एक जनाको मृत्यु

नवलपुर टुडे
२०८१ जेष्ठ २० | बिहान ०६:०२ बजे

घोराही ।दाङमा हावाहुरीसहितको बर्षाका कारण घर भत्किदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तुलसीपर उपमहानगरपालिका वडा १२ रझेनी निवासी ७० बर्षीय भगवान खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।  

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार टिनले छाएको एक कोठे घर शनिबार साँझ करिव ८ बजेतिर हावाहुरीसहित आएको बर्षाका कारण भत्किदा खत्रीको मृत्यु भएको हो । 

कमेन्टहरु