सुस्ताका एक बालक नारायणीमा डुबेर मृत्यु

नवलपुर टुडे
२०८१ जेष्ठ १९ | मध्यान्ह ०८:०२ बजे

नवलपरासी । पश्चिम नवलपरासीस्थित नारायणी नदीमा शनिबार पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका ५ पक्लिहवास्थित रामनगर बस्ने ११ वर्षीय उमेश लोनिया रहेका छन ।
अगाडिको नदीमा नुहाउन जाँदा डुबेर उमेश लोनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक रेशम बोहराले जनाएको छ ।
नारायणीमा डुबेका बालकलाई स्थानीय र प्रहरीले खोजी कार्य गर्दा करिब १० मिटर टाढा उनको शव फेला परेको थियो । शवलाई पोस्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी लगिएको बोहराले जानकारी दिएको छ ।























