घटना

कपिलवस्तुमा हत्या गरी फालिएको अवस्थामा पुरुषको शव फेला

नवलपुर टुडे
२०८१ जेष्ठ १९ | मध्यान्ह ०३:०२ बजे

कपिलवस्तु । कपिलवस्तुमा हत्या गरी फालिएको अवस्थामा पुरुषको शव फेला परेको छ। कपिलवस्तुको सुद्धोधन गाउँपालिका– ६ बेलभरिया गाउँको दक्षिण मर्थी खोलाको नालामा शनिवार बिहान करिव १० बजेतिर हत्या गरी फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको हो।

अनुहारमा ढुंगाले हानेर हत्या गरी नालामा छाडिएको अवस्थामा अन्दाजी  २८ देखि ३० वर्षीय पुरुषको शव फेला परेको कपिलबस्तुका प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले जानकारी दिए। मृतक पुरुषको मुखमा गहिरो चोट देखिएको र शव नजिकै ढुंगासमेत फेला परेको ओलीले बताए।

शवको पहिचान नखुलेको र पोस्टमार्टका लागि प्रादेशिक अस्पताल  वुटवल पठाइएको छ। उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

कमेन्टहरु