देश

योगदान राष्ट्रको लागि नवलपरासीद्वारा प्रहरी चौकी तथा सशस्त्र प्रहरी बलमा स्वास्थ्य सामाग्री हस्तान्तरण

जगत ठाडा मगर
२०७८ असार ५ | मध्यान्ह ०६:०३ बजे

ज्ञानेश्वर सहानि
नवलपरासी । पश्चिम् नवलपरासीमा रहेको योगदान राष्ट्रको लागि नवलपरासीका जिल्ला सयोजक ज्ञानेश्वर सहानी ले प्रहरी चौकी तथा सशस्त्र प्रहरी बलमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

photo 2021 06 19 18 56 51

आज नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउपालिका तथा सरावल गाउँपालिकाको सनई प्रहरी चौकी, गेरमी प्रहरी चाैकी, सशस्त्र प्रहरी रगरगनज, सशस्त्र प्रहरी गेरमा, अमानिगनज प्रहरी चाैकी, सशस्त्र प्रहरी भुजहवा, भुजहवा प्रहरी चाैकी र सशस्त्र प्रहरी बल बेलासपुरमा १ लि० सेनेटाइजर , १०० पि० मास्क र ५ पिस फेस स्लाइड , ५ पि० ग्लोब्स लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।

दोस्रो चरणको कोरोनाको महामारी विश्वलगायत नेपालमा पनि अति नै डर लाग्दो अवस्थामा पुगी सकेको तथा प्रहरीहरु प्रत्यक्ष रुपमा धेरै नै खतराको सामना गर्नुपर्ने भएकोले स्वास्थ्य सामग्रीको प्रयोगबाट सुरक्षित भएर आफ्नो भूमिका निर्वाह गर्न हस्तान्तरण गरिएको ज्ञानेश्वर सहानीले जानकारी दिएका छन् ।

यस अघि पनि पाल्हिनन्दन गाउपालिका, सरावल गाउँपालिका,सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका , बदघाट नगरपालिका र रामग्राम नगरपालिका लगायतका सबैमा ७०० पि० मास्क लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

photo 2021 06 19 18 56 49

यस अभियानमा पत्रकार सुरेश यादव, योगदान राष्ट्रको लागि नवलपरासीका सहसचिव सिद्धान्त पाठक , योगदान राष्ट्रको लागि नवलपरासीका सदस्य सुरज यादव तथा योगदान राष्ट्रको लागि नवलपरासीका सदस्य अाषिश सिह लगायतको सहयोग र सहभागिता रहेको छ ।

कमेन्टहरु