नवलपुरमा हावाहुरीले घर र विद्यालयमा क्षति


कावासोती, जेठ १८ । पुर्वी नवलपरासीको बिभिन्न पालिका र नगरको वडाहरुमा बिहिबार साझ आएको हावाहुरीले ठूलो क्षति पुर्याएको छ । हावाहुरीले विभिन्न वडाका आँप र सालको रुखहरु ढली घर, गोठ र विद्यालयहरुमा क्षति पुर्याएको र मानवीय/चौपाय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।
बिनयी त्रिवेणी गाउँपालिका- ५ मा ४ वटा घरहरुको छानो उडाई क्षति पुर्याएको छ । यस्तै सोही नगरपालिका- १० नयाँ वेलहानीमा सरस्वती माध्यमिक विद्यालयमा रुख ढली पर्खाल, भर्याङमा क्षति पुर्याएको छ ।
त्यसैगरी कावासोती नगरपालिका- १७ स्थितमा सरस्वती माध्यमिक विद्यालयमा रुख ढली क्षति पुर्याएको छ ।यस्तै देवचुली नगरपालिका- ४ झाँक्रेमा सालको रुख ढली १ घरमा क्षति पुर्याएको छ ।
यस्तै गैडाकोट नगरपालिका- १३ सिख्रौलीमा १ घरको छाना उडाएर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कावासोतीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।
हावाहुरीले विभिन्न स्थानमा बिजुलीको पोलहरु ढली विद्युत अबरुद्ध भएको र अबरुद्ध विद्युत सुचारुको लागि प्रहरीको टोली खटी गई मर्मतका लागि सम्बन्धित निकायसंग आबश्यक समन्वय भएको पौडेलले बताए ।























