गण्डकी प्रदेश, दुर्घटना

नवलपुरको हुप्सेकोटमा मोटरसाइकल र स्कुटर ठोक्किदा ३ जना घाईते

नवलपुर टुडे
२०८१ जेष्ठ १७ | मध्यान्ह ०८:०२ बजे

कावासोती, जेठ १७ । पुर्वी नवलपरासीमा मोटरसाइकल र स्कुटर एक अपासमा ठोक्किदा तीनजना घाईते भएका छन ।

हुप्सेकोट गाउँपालिका- ४ झ्यालबासस्थित भित्री सडकखण्डमा जुकेपानीबाट झ्यालबास तर्फ जाँदै गरेको लु २९ प १५५३ नं.को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना १ प ३७०० नं. को स्कुटर एक-आपसमा ठक्कर खाँदा दुर्घटना भएका हुन ।

घाईते हुनेमा स्कुटर चालक कालीकोट नरहरीनाथ गाउँपालिका- ५ घर भई हाल पुर्वी नवलपरासी हुप्सेकोट गाउँपालिकाको पशु शाखाको प्राविधिक कर्मचारी वर्ष २४ को पङ्ख बहादुर सहकारी, मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका- १ जुकेपानी बस्ने वर्ष २७ को ज्ञान बहादुर राना र मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने वर्ष ३५ को दिपक थापा रहेका छन ।

घाईते मध्ये स्कुटर चालक पङ्ख बहादुर सहकारीलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डा, मोटरसाइकल पछाडि सवार दिपक थापालाई कालीगण्डकी अस्पताल कावासोतीमा उपचारको लागि पठाईएको र मोटरसाइकल चालक रानाको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कावासोतीका सुचना अधिकारी बेदबहादुर पौडेलले जानकारी दिए ।

हाल दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको पौडेलले बताए ।

कमेन्टहरु