सुर्खेत जिप दुर्घटना अपडेट : मृतक चारै जनाको पहिचान खुल्यो


सुर्खेत, जेठ १७ । सुर्खेतमा गएराती भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा ३ जना कालीकोट शुभकालिका–३ भर्ताका रहेका छन् भने एकजना दैलेख भैरवी गापा–४ का रहेका छन् । कालीकोट शुभकालिका–३ भर्ताका ४५ वर्षका तन्त बिक, उनका २१ वर्षका छोरा बिरेन्द्र बिक, २७ वर्षका नमराज बिक र दैलेखको भैरवी गाउँपालिका–४ का वर्ष ३४ का महेन्द्र शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
त्यस्तै दुर्घटनामा घाइते भएकाहरु कालीकोट शुभकालिका–३ का नरि बिक र कालीकोट खाँडाचक्र नपा–९ पाखाका नरेन्द्र बिष्ट (चालक) रहेका छन् । उनीहरूको विरेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
बिहीबार बिहान २ बजेतिर सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेतको विरेन्द्रनगर नगरपालिका-१३ रातानाङ्गला नजिकै टाकुरी मोड सडकदेखि करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।























