नारायणीमा माछा मार्न गएका रानाको डुबेर मृत्यु

नवलपुर टुडे
२०८१ जेष्ठ १७ | बिहान ०९:०२ बजे

नवलपुर, जेठ १७ । नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । बर्दघाट सुस्तापूर्व गैडाकोटस्थित नारायणी नदीको दोभानघाटमा गैंडाकोट नगरपालिका–१४ का २८ वर्षका सुनील राना मगरको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।
माछा मार्ने क्रममा नारायणीमा डुबेको खबर पाएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलले बताए ।























